सम्पूर्ण भाषा प्रशिक्षकहरुको सहभागितामा ई .पि .एस मार्फत कोरिया जाने विद्यार्थीहरूको फ्लाइट रद्ध, सिप विल्डिङ, कृषितर्फ पास भएका विद्यार्थीहरुको प्रक्रिया ढिलाइ तथा कोरिया रिटर्नीको विभिन्न समस्याहरु समाधानको सम्बन्धमा ई. पि.एस कार्यलय प्रमुख राजकुमार राई समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न

सम्पूर्ण भाषा प्रशिक्षकहरुको सहभागितामा ई .पि .एस मार्फत कोरिया जाने विद्यार्थीहरूको फ्लाइट रद्ध, सिप विल्डिङ, कृषितर्फ पास भएका विद्यार्थीहरुको प्रक्रिया ढिलाइ तथा कोरिया रिटर्नीको विभिन्न समस्याहरु समाधानको सम्बन्धमा ई. पि.एस कार्यलय प्रमुख राजकुमार राई समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भयो ।
यस कार्यक्रममा के के विषयमा छलफल भयो ? के साच्चै यस कार्यक्रमले केहि उपलब्धि गर्ला त? भन्ने विभिन्न प्रश्नको जवाफ दिने जमर्को गरेका छौ । आज हामीले कार्यालय प्रमुखलाई भेटेर विविध विषयमा ध्यानाकर्षण गराइएका केहि बुदाहरुः
१) Eps प्रक्रिया पूरा गरि उर्तीण भएका विद्यार्थीहरु काठमाडौंमा नै बस्नु पर्ने बाध्यताले आर्थिक बोझको सामना गर्नु परेको तथा बारम्बारको फ्लाइट क्यान्सिलका कारण आवास, यातायात र अन्य खर्चहरूमा भारी आर्थिक बोझ परेको कुराहरु जानकारी गराई यथाशिघ्र समाधानको लागि पहल गरेका छौ ।
२) फ्लाइट अनिश्चितताका कारण विद्यार्थीहरूले भोग्नु परेको मानसिक तनावको बारेमा जानकारी गराइ त्यसको तत्काल समाधान गर्न आग्रह गरेका छौ ।
३) विद्यार्थीहरुलाई मुस्कान सहितको सुचना प्रदान गर्न आग्रह गरेका
छौ । साथै सुचना प्रदान गर्न छुट्टै Help Desk को माग गरेका छौ ।
४) समयमा कोरिया पुग्न नसक्दा र रोजगारदाताले समयमा कामदार नपाउँदा रोजगार गुम्न सक्ने जोखिम जानकारी गराई समाधानको बाटो खोज्न अनुरोध गरेका छौ ।
५) फ्लाइट क्यान्सिलको कारण र आगामी व्यवस्थाबारे समयमै स्पष्ट जानकारी वेबसाइड मार्फत दिन अनुरोध गरेका छौं ।
६) उपलब्ध फ्लाइटहरूमा प्राथमिकता दिएर हाम्रा विद्यार्थीलाई कोरिया पठाउने उपाय अपनाउन अनुरोध गरेका छौं ।
७) कोरियन अधिकारीहरूसँग समन्वय गरी समस्या समाधानका लागि ठोस कदम चालियोस् । त्यसको बारेका वेबसाइडमा यथाशिघ्र राखियोस् भनेर भनेका छौ ।
८) Eps प्रक्रिया सुधारका लागि माग गरेका छौ । त्यसै गरी कृषि, पानी जहाज निर्माण र अन्य क्षेत्रमा पनि प्रक्रिया ढिलो हुँदा विद्यार्थीहरूको रोस्टर अवधि सकिएकोले यसमा सुधार गर्न यथासिघ्र ध्यान दिइयोस् भनेका छौ ।
९) न्यून छनौट भएको जस्तो पानी जहाज निर्माण, कृषि क्षेत्रबाट अन्य क्षेत्रमा रोस्टर स्थानान्तरण गराइ दिनु हुन माग गरेका छौं ।
१०) कोरिया रिटर्नी तथा महिला दिदि वहिनीहरुको छनौट प्रक्रिया पनि निकै नाजुक अवस्थामा भएकोले कोरियन पक्षहरुसँग अविलम्व छलफल गरी सुधारको लागि जोडदार माग गरेका छौं ।
नेपालकै तर्फबाटको ढिलासुस्ती र लापरबाहीका कारण कोरियाले कामदार समयमा नपाउने तथा आगामी दिनमा कोरियाले नेपालका लागि उपलब्ध गराउने कामदारको कोटा पनि गुम्न सक्ने खतराको जानकारी गराई सबै प्रक्रिया पुरा गर्दा पनि कोरिया जान नपाउने अवस्थामा विद्यार्थीको आक्रोशले निम्त्याउन सक्ने दुर्घटनाका बारेमा पनि सचेत रहन समयमा अनुरोध गरेका छौं ।
यस प्रति कार्यालयले पनि सकारात्मक प्रतिक्रिया जनाएको छ । तत्कालै केहि समस्याको समाधान पनि भएको छ । ई.पि.एस कार्यालयले हाम्रो मागलाई सकारात्मक तरिकाले सम्बन्धन गर्दै फेरि एक पटक प्रशिक्षकहरुलाई बोलाएर थप मिटिङ गर्ने जानकारी गराएको छ ।
अन्तमा,
यस कार्यक्रमलाई सफल बनाउन साथ सहयोग गर्ने सम्पूर्ण प्रशिक्षक साथीहरु लगाएत कार्यक्रमलाई शान्ति सुरक्षा प्रदान गर्नुहुने सम्पूर्ण सुरक्षा निकायका साथीहरु प्रति हार्दिक आभार प्रकट गर्दछौ ।
सन्तोष पाण्डे (9851248347)
संयोजक
तथा सम्पूर्ण कोरियन भाषा प्रशिक्षकहरु……..